ताप्लेजुङ – काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार निर्माण तथा सञ्चालन गर्न श्री पाथिभरा देवी दर्शन केबलकार प्राली काठमाण्डौलाई फुङलिङ नगरपालिकाले नियम विपरीत अनुमति पत्र दिएको पाइएकाे छ । केबलकार निर्माणको अनुमति नियम विपरीत भएको आर्थिक वर्ष २०७६/०७७ को महालेखा परीक्षककाे प्रतिवेदनमा उल्लेख छ ।
यस प्रतिवेदनको पृष्ठ ६ को दफा नं. १८ को रज्जुमार्ग निर्माण अनुमति शीर्षकमा नगरपालिकाको २०७४ साउन १६ र १७ गते सम्पन्न प्रथम नगर सभाबाट भएको निर्णयको आधारमा नगरपालिकाको २०७५ जेठ १३ को निर्ण...