महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न निकायमा ८६ करोड ७४ लाख २३ हजार बेरुजु देखाएको छ । त्यसैगरी संगठित अन्य संस्था र समितितर्फ २ अर्ब ६३ करोड ५८ लाख ९७ हजार बाँकी रहेको, सोमध्ये ५७ करोड २३ लाख ८ हजार म्याद नाघेको पेस्की रहेको प्रतिवेदनमा उल्लेख छ ।