दुई वर्षअघि नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का क्रममा धेरैजसो खर्च अपारदर्शी रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनले सागका क्रममा खेल सामग्री वितरण, खरिद, पोसाक खरिद, राष्ट्रिय टिम तयारीलगायतमा अनियमिताको शंका गरेको छ ।