८२ वर्षीया महिला अन्तरिक्ष यात्रामा जाँदै

एजेन्सी। अर्बपति जेफ बेजोससँगै अन्तरिक्ष यात्रामा ८२ वर्षीया महिला पनि जाने भएकी छन्। बिहीबार ब्लु ओरिजिन कम्पनीले एक घोषणा गर्दै न्यु शेफर्ड सब अर्बिटल स्पेसक्राफ्टको पहिलो यात्रुबाहक उडानमा टिकट खरिदकर्ता, जेफ बेजोस, मार्क बेजोससँगै ८२ वर्षीया फङ्क पनि अन्तरीक्ष यात्रामा जाने बताएको छ। इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा बेजोसले फङ्कलाई उनी पनि अन्तरिक्ष मिसनमा जाने कुरा खुलाएका हुन्।