भर्जिन ग्यालेक्टिक का रिचर्ड ब्रेनसन अन्तरिक्ष यात्रा पूरा गरेर पृथ्वीमा फर्किएका छन्। ब्रेनसन आफ्नै स्पेशप्लेन 'भर्जिन बीएसएस यूनिटी'बाट अन्तरिक्षमा गएका थिए।पृथ्वीको सतहबाट उडेको करिब सवा घण्टामा यात्रा पूरा गरी उनी फर्किएका बीबीसीमा उल्लेख छ। उनले आइतबार न्यू मेक्सिकोको दक्षिणतर्फ रहेको मरुभूमिबाट अन्तरिक्षतर्फ उडान भरेका थिए।नेपाली समयअनुसार यात्रा गएराति सवा आठ बजे शुरु भएको थियो र करिब साढे नौ बजे उनी पृथ्वीमा फर्किएका हुन्। यो यात्रामा स्पेशप्लेन चालक दलका सदस्यहरू