चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर पृथ्वी फर्किए

काठमाण्डाै – चार जना अन्तरिक्ष पर्यटक आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किएका छन् । उनीहरू चढेको स्पेस एक्स क्याप्सुल अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको बीबीसीले जनाएको छ ।  स्पेस एक्सको इनस्पिरेशन ४ मिसनअन्तर्गत पहिलो पटक साधारण नागरिकलाई अन्तरिक्षमा पठाइएको थियो । गएको बुधवार उनीहरु पृथ्वीबाट उडेका थिए ।   अर्बपति व्यवसायी जेयर्ड आइज्याकम्यानको नेतृत्वमा फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इञ्जिनियर क्रिस सेम्ब्रोस्की र जियोलोजिस्ट सियान प्रोक्टर अन्तरिक्षमा गएका थिए ।  अन्तर...

सम्बन्धित सामग्री

अन्तरिक्ष यात्रा गराउँदै चीन, २०२५ सम्ममा अन्तरिक्ष पर्यटक लैजाँदै

आगामी तीन वर्षमा चिनियाँ अन्तरिक्षयानमा बसेर मानिसहरु पर्यटकको रुपमा अन्तरिक्षको भ्रमणमा जान सक्नेछन् । चीनको एक अन्तरिक्ष यातायात कम्पनीले पंखायुक्त रकेट बनाइरहेको छ । जसबाट अन्तरिक्ष पर्यटनलाई बढावा मिल्ने अपेक्षा गरिएको छ । अन्तरिक्षको यो यात्रा एक निश्चित स्थानबाट अर्को निश्चित स्थानसम्म हुनेछ । चिनियाँ कम्पनीले एउटा निकै तीव्र गतिमा उड्ने रकेड बनाइरहेको छ । […]

अन्तरिक्षमा गल्फ खेल्ने यात्रामा निस्किए जापानी अर्बपति

मंसिर २३, टोकियो(जापान) । जापानी अर्बपति युसाकु मेजावा अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) को यात्राका लागि बुधवार त्यसतर्फ प्रस्थान गरेका छन्। उनले यात्राअघि पत्रकार सम्मेलन गर्दै आफ्नो सपना साकार हुन लागेको बताएका थिए। उनी जापानका सबैभन्दा धनी व्यक्तिको सूचीमा ३०औं स्थानमा छन्  । उनको नेटवर्थ करीब २ खर्ब अमेरिकी डलर बराबर रहेको छ । उनले संबाददाताहरुलाई म जस्तै साधारण मानिसहरूले पनि आशा र सपना पाल्न सक्छन् र यस्तो अज्ञात स्थानमा जान सक्छन् भनेका छन् । उनको साथ रुसी अन्तरिक्षयात्री एलेक्जान्डर मिसुर्किन र भिडिओ निर्माता योजो हिरानो रकेटमा थिए। हिरानोले भने मेजावाको यूट्यूब च्यानलका लागि यात्राको भिडिओ खिच्नेछन्। जोजोटाउनजस्ता ई - कमर्श कम्पनीहरूमार्फत धनी बनेका मेजावा कुनै समय एउटा रक सङ्गीत टोलीका ड्रमर रहेका थिए । उनले गत वर्ष अन्तरिक्ष यात्रामा सँगै जान प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम आयोजना गरेका थिए तर पछि गएर उक्त कार्यक्रम भने रद्द गरेका थिए। लामो समययता पहिलो अन्तरिक्ष पर्यटक बनेका उनले आईएसएसमा १२ दिने बिताउने बताइएको छ। उनले यात्राअघि कठिन तालिम पनि गरेका थिए। तालिमका क्रममा उनलाई तेस्रो खाटमा सुत्न, घुमिरहेको मेचमा बसिरहन र लामो समय ब्याडमिन्टन खेल्न लगाइएको थियो। उनले अन्तरिक्षमा सार्वजनिक रूपमा प्राप्त सुझावमध्ये छानिएका १०० ओटा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ती कार्यहरूमा आफ्नो साथी अन्तरिक्षयात्री चिनाउने र आईएसएसभित्र कस्तो छ भनेर देखाउने जस्ता अपेक्षाकृत कार्यका साथै गल्फ खेल्ने, चुइङगम फुक्ने र कागजको प्लेन उडाउने जस्ता अनौठा कुराहरू पनि छन्। उनले अन्तरिक्ष यात्राका लागि ८ करोड ८० लाख अमेरिकी डलर खर्च गरेको बताइएको छ। हालै मात्र एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी जेफ बेजोस आफ्नो निजी कम्पनीको रकेटमा अन्तरिक्ष यात्रामा गएका थिए। सन् २०२३ मा हुने अर्को यात्रामा उनले आफ्नो खर्चमा आठ जना सर्वसाधारणलाई चन्द्रमा लाने पनि घोषणा गरेका छन्। बीबीसी

रेकर्ड राख्दै चार अन्तरिक्ष पर्यटक पृथ्वीमा फर्किए - BBC News नेपाली

तीन दिन पृथ्वीको चक्कर लगाएपछि चारजना अन्तरिक्ष पर्यटकहरू एटलान्टिक महासागरमा सुरक्षित अवतरण गरेका छन्।

जेफ बेजोससँग अन्तरिक्षमा जाने सबैभन्दा कम उमेरका युवक को हुन् ?

१८ वर्षका ओलिभर डायमेन संसारमै सबैभन्दा कम उमेरमा अन्तरिक्षमा जाने व्यक्ति बन्दैछन् । उनी आगामी जुलाई २० मा अमेजनका निवर्तमान सीईओ जेफ बेजोससँग उनको कम्पनीको पहिलो मानवीय उडानमार्फत् अन्तरिक्षमा जानेछन् र सबैभन्दा कम उमेरका अन्तरिक्ष पर्यटक बन्नेछन् । वास्तवमा ओलिभर डायमेनलाई यो अद्धितीय मौका एक अज्ञात व्यक्तिका कारण प्राप्त भएको हो । ती व्यक्तिले बेजोससँगै […]