अमेरिकाले दियो ‘ब्ल्यू ओरिजन’लाई अन्तरिक्ष यात्राको अनुमति

एजेन्सी। अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन(एफएए)ले ब्ल्यू ओरिजन कम्पनीलाई अन्तरिक्ष यात्राको अनुमति दिएको छ। अनुमति पाएसँगै ब्ल्यू ओरिजनले ‘न्यू शेफर्ड’अन्तरिक्ष अभियान सुरु भएको जनाएको छ। कम्पनीले‘न्यू शेफर्ड’अभियानअन्तर्गत मानिसहरुलाई अन्तरिक्षको यात्रा गराउनेछ। अमेजनका संस्थापक जेफ बेजोसको ब्ल्यू ओरिजनले पहिलो अन्तरिक्ष यात्रा जुलाई २०मा गर्ने बताइएको छ। बेजोसको ब्ल्यू ओरिजन अन्तरिक्ष यात्रा गराउन सफल भए विश्वमा सफल अन्तरिक्ष यात्रा गराउने दोस्रो कम्पनी हुनेछ।