माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै दुई सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्यका शारदादेवी भट्टले नेकपा नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका उनीहरुले सनाखत गर्नका लागि पछि निवेदन दिएका थिए। तर निर्वाचन आयोगले सनाखत गराएको थिएन। समाजवादीमा सनाखत गर्न नपाउँदा एमाले छा