संवैधानिक निकायका पदाधिकारीहरू नियुक्तिबारेको विवाद निरुपण गर्न गठन भएको संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिनु गैरसंवैधानिक रहेको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता डा गणेश रेग्मीले सर्वोच्च अदालत, न्याय परिषद् र कानुन व्यवसायी परिषद्लाई विपक्षी बनाएर बुधबार सर्वोच्चमा सो रिट निवेदन दर्ता गराएका हुन् ।
रिट निवेदनमा नेपालको संविधानको धारा १३७ उपधारा (१) अनुसार रहने संवैधानिक इजलासमा प्रधान न्यायाधीश र न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने...