सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । आयोगले बनाएको आचारसंहिता गैरकानूनी भएको तथा केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलाई मात्र लक्षित गरेर बनाइएक