‘जनयुद्ध दिवस’ विरुद्धको रिट दर्ता हुने

काठमाडौं, चैत १७ । सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको ‘जनयुद्ध दिवस’विरुद्धको रिट निवेदन अन्ततः दर्ता हुने भएको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रशासनद्वारा गरिएको दरपीठ आदेश बदर गर्र्ने निर्णय बिहीबार गरेको हो। पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’का नाममा बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेको रिट निवेदन प्रशासनद्वारा दरपीठको आदेश भएको थियो। […]

सम्बन्धित सामग्री

जनयुद्ध दिवस विरुद्धको रिट दर्ता गर्न आदेश

काठमाडौँ –  सर्वोच्च अदालतले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस भनेर बिदा दिने सरकारको निर्णयविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। चैत १३ गते ज्ञानेन्द्रराज आरोण, कल्याण बुढाथोकीलगायतले पेश गरेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। उक्त आदेशविरुद्ध दिएको परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले दर्ता गर्न आदेश […]