आईजीपी नियुक्ति विवाद : विश्वराजको रिट दर्ता, बुधबारलाई पेशी तोकियो

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा  रिट निवेदन दर्ता गरेका हुन् ।सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ता भई बुधबारका लागि पेशी तोकिएका अदालतले जनाएको छ । सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगे

सम्बन्धित सामग्री

आईजीपी नियुक्ति विवाद : एआईजी पाेखरेलकाे रिट सर्वाेच्चद्वारा खारेज

काठमाण्डाै – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गर्नुभएको रिट खारेज भएकाे छ । पाेखरेलले प्रहरी महानिरीक्षकमा (आईजीपी) धीरजप्रताप सिंहकाे नियुक्तिविरुद्ध दायर गर्नुभएकाे रिट आज शुक्रवार सर्वाेच्च अदालतले खारेज गरेकाे हाे ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले आईजीपी बढुवाविरुद्ध पोखरेलले दायर गर्नुभएको रिट खारेज गर्ने फैसला गरेको हो । याेसँगै पाेखरेलकाे आईजीपी बन्ने सपना सकिएकाे छ ।  आईजीपी नियुक्तिविरुद्धको मुद्द...

आईजीपी नियुक्ति विवाद : सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो । वरिष्ठताको आधारमा आफू प्रहरी प्रमुख हुनुपर्ने माग गर्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए ।  सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै उनी सर्वोच्च पुगेका थिए ।...

आईजीपी नियुक्ति विवाद : सर्वोच्चमा आज अन्तिम सुनुवाइ

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुँदैछ। रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलतर्फका कानून व्यवसायीले शुक्रबार जवाफ दिन लागेका हुन्।  कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा मुद्दा पाँचौँपटक सुनुवाइ हुन लागेको हो। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’मा छ । ।सरकारले वैशाख १८ मा धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। वरिष

आईजीपी नियुक्ति विवाद मुद्दामा जवाफी बहस हुँदै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विवाद मुद्दामा आज जवाफी बहस हुँदै छ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । यो मुद्दामा आज अन्तिम फैसला आउन सक्ने जनाइएको छ । मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ जारी छ । सरकारले आफूभन्दा कनिष्ठलाई...

आईजीपी नियुक्ति विवाद : सुनुवाइ पूरा हुनै सकस

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा २१ वैशाखबाट बहस भइरहेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको संयुक्त इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।संयुक्त इजलासमा आईजीपी नियुक्ति विवादबारे असार १९ मा चौथोपटक सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले वैशाख १८ मा धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उनका प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेल सर्वोच्च गएका हुन् । पोखरेलले दायर गरेको रिट निवेदन का

आईजीपी नियुक्तिविरुद्ध मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौँ- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा सोमबार सुनुवाइ हुँदैछ। यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आज सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाइ भइरहेको मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरिसकेका […]

आईजीपी नियुक्ति विवाद – डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा विवादबारे दायर रिटको सुनुवाइ गर्दै ‘लगाउ’मा राख्न आदेश दिएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त आदेश दिएको हो । इजलासको यो आदेशसँगै एआईजी पोखरेलको आईजीपी हुने सम्भावना न्यून हुँदै गएको छ । रिट निवेदक पोखरेलले रिटमार्फत […]

आईजीपी नियुक्ति विवाद : एआईजी पोखरेलको मुद्दा श्रेष्ठ र चुडालको इजलासमा

काठमाडौं । सरकारले गरेको आईजीपी नियुक्ति गैरकानुनी भएको र त्यसले आफूमाथि अन्याय भएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको छ । गत वैशाखमा सरकारले १६ महिनापछिका एआईजीलाई आईजीपी बनाएपछि पहिलो वरीयताका एआईजी पोखरेल सर्वोच्च गएका थिए । त्यसबेला न्यायाधीश सुष्मलता माथेमाको इजलासमा आफ्नो...

आईजीपी नियुक्ति विवाद : एआईजीको असन्तुष्टिले चुनाव सुरक्षामा कस्तो असर पर्ला ?

सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) असन्तुष्ट बनेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीका उच्च अधिकारी असन्तुष्ट हुनुले निर्वाचन सुरक्षामा असर गर्ने पो हो कि भन्ने चिन्ता स्वाभाविक रूपमा बढाएको छ ।आईजीपीको प्रतिस्पर्धीमध्येका विश्वराज पोखरेलले सर्वोच्च अदालतमा आफू आईजीपी हुनुपर्ने जिकिरसहित परमादेश माग गर्दै सोमबार रिट निवेदन दायर गरेका छन् । अर्का एआईजी सहकुल बहादुर थापाले अदालत जानेबारे कानुन व्यव