स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारको नाममा केही निजी अस्पतालहरूले बढी शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधवार अस्पतालका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै तोकिएकोभन्दा बढी शुल्क लिने गरेको गुनासोहरू आइरहेको बताएका छन् ।
‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले अनावश्यक शुल्क नलिन सम...