भरतपुर : नारायणगढको शहीदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने तीन किलोमिटर सडक निर्माण चार वर्षदेखि अधुरै छ। ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन। सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ। यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ। सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए। ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ&rsq