पर्वत । घरेलु हिंसालाई न्यूनीकरण गर्न विभिन्न प्रयास तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन हुने गरेको भए पनि पर्वतका घरेलु हिंसाका घटनामा भने झनै वृद्धि हुँदै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएका घरेलु हिंसा उजुरीको संख्यालाई हेर्दा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा दोब्बर भन्दा बढीले वृद्धि भएको देखिएको छ […]