साइबर अपराधको लत : दुई वर्षमा तेस्रोपटक पक्राउ परे २० वर्षे किशोर
फेसबुक ह्याक गरी आफन्तसँग पैसा मागेर ठगी गर्दै आएका एक किशोर दुई वर्षमा तेस्रोपटक पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे घर भई भक्तपुर बस्ने २० वर्षीय किरण पाठकलाई प्रहरीको साइबर...
काठमाडौं । अहिले जो-कोहीको स्मार्टफोनमा २-४ वटा भिडियो गेम्स भेटिन्छन् । बालकदेखि बूढासम्म हरेक व्यक्ति दिनभरमा कुनै न कुनै बेला फोनमा भिडियो गेम नै खेलिरहेका हुन्छन् । छोराछोरीको गेमको लत कसरी छुटाउने भन्ने चिन्ताले हामीमध्ये कतिपयलाई सताएको पनि होला । बाबुआमा पुस्तामा पनि यसको लत होला ।
यो सामान्य गतिविधिमा मात्रै सीमित छैन । केहीले त यसलाई पेशा नै बनाएका छन् । केही मानिस त भिडियो गेम खेल्दा खेल्दा पागल नै भएका भिडियो सामाजिक सञ्जालमा हामीले देखेका छौं । कतिपय गेमकै कारण आपराधिक गतिविधिमा संलग्न भएको, बाबुआमाले भिडियो गेम खेल्न नदिएको भन्दै आत्महत्या गरेका घटनाहरू पनि हामीले सुनेका छौं ।
सन् २०१५ मा २० वर्ष आसपासका एक चौथाइ मानिसहरू कामै नगरी बस्ने गरेको अमेरिकी प्राध्यापक एरिक हर्सटको अनुसन्धानले देखाएको थियो । अहिले यो संख्या झनै बढेको छ । यी मानिसहरू के गरेर बस्छन् त ? हर्सटका अनुसार युवाहरू हरेक दिन धेरै समय भिडियो गेम खेल्नमै बिताइरहेका छन् ।
भविष्यका लागि शीप सिक्नुपर्ने समय भिडियो गेम्समा नष्ट गरेपछि भविष्यमा यिनीहरूले जागिर पाउने सम्भावना निकै कम भएको हर्सट बताउँछन् । यिनीहरू भविष्यमा बाबुआमामाथि आश्रित रहने, विद्यालय तह वा उच्च शिक्षा पूरा नगर्ने, बेरोजगार हुने, उनीहरूको लायक काम नै नभेटिने जस्ता समस्याहरू चर्किने अनि यसको असर अर्थतन्त्रमा समेत पोखिने उनको भनाइ छ ।
उनको अनुसन्धानले भिडियो गेम्सका कारण युवा पिँढीको भविष्य वर्बाद भइरहेको हो ? भन्ने बहसलाई तीव्र पारेको छ ।
गएको १० वर्षमा कम्प्युटर गेम्सको संसारमा उल्लेख्य विकास भएको छ । यो जगत पहिलाको भन्दा झनै आकर्षक बनेको छ । तर ग्रयान्ड थेफ्ट जस्ता केही गेमहरू चिन्ताकारी बनेका छन् । यी गेममा हिंसा अत्यधिक हुन्छ । यसले प्रयोगकर्ताहरूलाई जोखिम उठाउन प्रेरित गर्छ ।
तर, गेमिङले अन्य खालको गतिविधि रोकिदिन्छ । कसरत हुँदैन । परिवारको साथमा बसेर खानपिन कम हुन्छ । पढाइ लेखाइ घट्छ । देश दुनियाको खबर थाहा हुन्न । भिडियो गेमको खेलाडीमा सीमित हुन्छ । ‘मेन डिस्कनेक्टेड’ शीर्षकको किताबका लेखकका अनुसार केटीको तुलनामा केटाहरू धेरै गेमप्रति आकर्षित भइरहेका छन् ।
केही पुरुषका लागि गेमिङ सामाजिक यर्थाथबाट भाग्ने माध्यम बनेको छ । यसको नतिजाका कारण शिक्षालगायत केही क्षेत्रमा महिलाहरूले पहिलाको भन्दा राम्रो प्रदर्शन गरिरहेका छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्न पुरुषहरूलाई गाह्रो भइरहेको छ । यसले उनीहरूलाई झन् झन् गेमिङको संसारमा धकेलिरहेको छ ।
लट्टु भएर गेमिङमा लाग्नेहरूले केही सिक्दैनन् भन्नु चाहिँ सरासर गलत हो । वाशिङ्टन युनिभर्सिर्टीको सेन्टर फर गेमिङ साइन्सेजमा गेमलाई मस्तिष्क वैज्ञानिकहरूलाई गेमिङ प्रविधिको प्रयोग गर्न सिकाइन्छ । सेन्टर फर गेमिङ साइन्सेजमा प्राध्यापक रहेका झोरान पोपोविचले माननव शरीरमा प्रोटिनले के काम गर्छ भन्ने गुत्थी सुल्झाउन फोल्ड इट नामक गेम बनाए ।
१३ वर्षसम्म पनि वैज्ञानिकहरूले यो गुत्थी सुल्झाउन सकेनन् । तर, फोल्ड इटको माध्यमबाट १० दिनमै यो गुत्थी सुल्झाउन वैज्ञानिकहरू सफल रहे । निकट भविष्यमा गेमिङमै पनि रोजगारी सृजना हुने आशा पोपोविचको छ । आउने केही वर्षभित्र अनलाइन न्यूरो साइन्स प्रयोगशालाहरू खुल्न सक्ने उनी बताउँछन् । गेमिङलाई समाज कल्याण र ज्ञान बढाउने पनि प्रयोग गर्न सकिन्छ ।
फोल्ड इट गेम कम विज्ञान अधिक हो । तर, मूलधारका गेमहरूबाट यस्तो अपेक्ष गर्न सकिन्छ त ? गेमलाई शौखको रूपमा मात्र लिन नहुने बेलायतस्थित म्यान्चेष्टर महानगरीय विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक टम ब्राक । यसबाट कयौं कौशल सिक्न सकिने उनको दाबी छ ।
युट्यूब भिडियोमा नामचिन गेमरको हाथलाई नियालेर हेर्ने हो भने एक मिनेटमा उसको औंलाहरूले ८०० भन्दा धेरै गतिविधि गर्छ । यो विलक्षण कौशल हो । यो भनेको पियानो बजाउनु जस्तै भएको ब्राक बताउँछन् । पियानोको रियाज र गेमिङलाई उनी एउटै भन्छन् ।
विश्वभर लाखौं डलर पुरस्कार राशीका ई–स्पोर्ट हुन थालेका छन् । यसलाई ओलम्पिकमै समावेश गर्नुपर्ने माग पनि उठेको छ । भिडियो गेम खेल्नका लागि मानिसहरूले एक अर्कासँग समन्वय गर्ने, यसका कारण मानिसहरूमा संयम बढेको, खेल्ने क्रममा रचनात्मक तरीकाले सोच्ने, नेतृत्व र कुशलता बढाउन मद्दत गरेको पनि नयाँ नयाँ अनुसन्धानहरूले देखाइरहेको ब्राक बताउँछन् ।
भिडियो गेममा खेलाडीहरू आपसी समस्या सुल्झाउने गुण सिक्न थालेका छन् । यसले उनीहरूको अन्य काममा पनि लाभ मिल्ने ब्राकको भनाइ छ ।
त्यसो भए भिडियो गेम समयको बर्बादी मात्रै हो त ? यसले मानिसहरूलाई सामाजिक वास्तविकताबाट टाढा लैजान्छ । एक्लोपना बढाउँछ । विफल बनाउँछ । तर, गेम खेल्नै नहुने भने होइन । यसलाई समाजमा योगदानका लागि प्रयोग गर्न सकिन्छ । भिडियो गेमबाट जीवन उपयोगी कयौं गुण सिक्न सकिन्छ ।
यसलाई नैतिक चिन्ताको मुद्दा बनाउन हुँदैन । तर, सामान्य कामलाई पनि गेम जत्तिकै रोचक बनाउन सकिन्छ त भनेर सोच्नुपर्ने ब्राकको भनाइ छ । यस्तो गर्न मिल्दैन भने पनि गेममा सिकिने गुणहरूको आदर गर्नेबारे सोच्नुपर्ने उनको जिकीर छ । एजेन्सी
कराची, (एजेन्सी) । पाकिस्तानका चर्चित बलर वसिम अकरमले क्रिकेट करियरबाट संन्यास लिएपछि कोकिनको लत लागेको खुलासा गरेका छन् । उनको अटोबायोग्राफीमा उनले यस कुराको उल्लेख गरेका हुन् । हाल ५६ वर्षमा लागेका वसिमले लेखेका थिए—कोकिनको लतको कारण मेरो पहिलो श्रीमतिसँग सम्बन्ध खराब भएको थियो र उनीसँग झुटो बोल्न पनि थालेका थिए । केही दिनमै वसिमको […]
मूलतः अहिले हामी कोभिड–१९ महामारी बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान तथा बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमाथि दबाब परेको सन्दर्भमा बजेट निर्माण गर्दैछौं । यसका साथै आगामी आर्थिक वर्षमा निर्वाचन सम्पन्न गर्नुपर्ने अनिवार्य दायित्व पनि छ ।
कोभिड महामारी धेरै हदसम्म नियन्त्रणमा आएको छ र व्यावसायिक क्रियाकलाप वृद्धि भई...
मूलतः अहिले हामी कोभिड–१९ महामारी बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान तथा बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमाथि दबाब परेको सन्दर्भमा बजेट निर्माण गर्दैछौं । यसका साथै आगामी आर्थिक वर्षमा निर्वाचन सम्पन्न गर्नुपर्ने अनिवार्य दायित्व पनि छ ।
कोभिड महामारी धेरै हदसम्म नियन्त्रणमा आएको छ र व्यावसायिक क्रियाकलाप वृद्धि भई...
स्वास्थ्य मानव जीवनको बहुमूल्य सम्पत्ति हो । असल स्वास्थ्यविना अन्य विकासको परिकल्पनाहरू सार्थक बन्न सक्दैन । स्वास्थ्यको विविध पक्ष हुन्छन् । प्रतिकारात्मक, प्रवद्र्धनात्माक वा उपचारात्मक सबै पक्षको महत्त्व असल स्वास्थ्य प्राप्तिको निम्ति उत्तिकै रहेको हुन्छ । पूर्ण स्वास्थ्यका लागि शारीरिक, मानसिक तथा सामाजिक तिनै पक्षलाई समेट्नुपर्छ । हाल आएर समाजमा सुर्तीजन्य पदार्थले समाजको हरेक पक्षहरूमा मन्द विषका रूपमा मानव सभ्यतालाई नै विकृति सँगसँगै अन्धकार वा विनाशतिर धकेलिरहेको छ ।
अमेरिकी महादेशमा सबैभन्दा पहिले धूम्रपान प्रचलित रहेको पाइन्छ । यूरोपेलीहरूले अमेरिका पत्ता लगाएपछि मात्र धूम्रपानको शुरुआत गरेका हुन् । अमेरिकी रेड इन्डियनहरूले धूम्रपान गर्ने नाली (पाइप)लाई टोबागो भन्छन्, जसमा उनीहरू सुर्तीको पात हालेर सेवन गर्दथे । सुर्तीको बिरूवा शुरूमा यूरोपमा औषधिका रूपमा भित्र्याइएको थियो । चुरोटको धूँवामा शरीरलाई असर गर्ने ४ हजार रासायनिक तत्त्व रहेका हुन्छन् । त्यसमध्ये मुख्य तत्त्व कार्बनमोनोअक्साइड, निकोटिन, टार आदि प्रमुख हुन् ।
विश्वमा धूम्रपान अम्मलीहरूको ठूलो भाग दक्षिण पूर्वी एशियामा अवस्थित छ । विशेषतः नेपाल, भारत, पाकिस्तानमा धूम्रपानका अम्मलीहरू अधिक मात्रामा रहेका छन् । नेपालको हिमाली तथा पहाडी भागमा चुरोट, बिँडी, तमाखु, गाँजा खानेहरूको संख्या बढीमात्रामा रहेको छ भने तराई भागमा सुर्ती सेवन गर्नेहरूको संख्या अधिक मात्रामा छ । सुर्तीजन्य पदार्थको कारणबाट लाग्ने रोगका रोगीहरूको संख्या नेपालमा अधिक मात्रामा रहेको छ ।
मानिसमा यसको आगोले सल्काएर धूँवा तान्ने लत बसिसकेपछि संसारमा अर्बौं मानिस धूँवाको दास बनेका छन् । आफ्नो जिन्दगी जलाउँदै छन्, शुद्ध श्वास फेर्ने फोक्सो । संसारमा हरेक मिनेट १ करोड चुरोट विक्री हुन्छ । हरेक ८ सेकेन्डमा एकजनाको सुर्ती सेवनका कारण मृत्यु हुने गर्छ भने हरेक १० जनामध्ये एक जना वयस्कको अकालमा मृत्यु चुरोट सेवनको कारणले हुन्छ ।
सामान्यतया धूम्रपानका अम्मलीहरू गरीबीहरूका कारण बढी भएको पाइन्छ भने धनी मानिसहरू पनि धूम्रपान शोखको रूपमा सेवन गर्छन् । मानिस गरीब भएपछि विविध पीर चिन्तामा डुब्ने गर्छ र पीरबाट मुक्ति पाउन सकिन्छ भन्ने भ्रममा परेर अधिक धूम्रपान गर्छन्, जसबाट स्वास्थ्यमा असर पर्न गई पुनः बिरामी पर्छ र पैसा खर्च गरेर उपचार गर्नुपर्छ । यसरी धूम्रपान र गरीबीबीच चक्र चलिरहन्छ । गरीबीको कारणबाट रहेको निरक्षरता पनि धूम्रपानको अम्मली बनाउने प्रमुख तत्त्व हो । उदाहरणका रूपमा एकजना व्यक्तिले १ दिनमा कम्तीमा २० ओटा सूर्य चुरोट सेवन गर्छ भने अब उसको धूम्रपान खर्च हेरौं । आजभोलि सूर्य चुरोटको मूल्य प्रतिगोटा रू. २० रहेको छ । १ दिनमा २०ह२०.४०० रुपैया, १ महीनामा (३०ह४००) . १२००० रुपैयाँ, १ वर्षमा (३६५ह४००) . १४६००० रुपैयाँ, अब यदि उसले १५ वर्षमा धूम्रपान शुरू गरेको भए, (६०–१५) वर्ष.४५ वर्षमा जम्मा खर्च (४५ह१४६०००) . ६५७०००० रुपैयाँ गर्छ । जुन रकमले उनले आरामसँग जिन्दगी बिताउन सक्छ । वृद्ध अवस्थामा दम, खोकीजस्ता रोगसँग जुध्नु पर्दैन । उक्त रकममा धूम्रपानबाट लाग्ने रोगमा खर्च हुने रकम समावेश गरिएको छैन ।
समुदायमा धूम्रपान गर्नेहरूमध्ये निरक्षरको संख्या अधिक रहेको छ । जबसम्म अन्धकाररूपी निरक्षरतालाई हटाउन सकिँदैन तबसम्म धूम्रपान मात्र नभई समाजको कुनै पनि कुलतलाई हटाउन असम्भव हुन्छ । राज्यले असल नागरिक निर्माण गर्ने भन्ने उद्देश्य बनाउनुभन्दा पहिले देशलाई स्वस्थ जनशक्तिको कति महत्त्व छ भनी बुझ्नु नितान्त जरुरी छ । शिक्षा एउटा समुदायको त्यो आवाज हो, जसले व्यक्तिको व्यक्तिगत आचरणदेखि समाज र राष्ट्रको भविष्य ठेक्का लिएको हुन्छ । त्यसैले शिक्षकले धूम्रपान विरोधी अभियानमा सशक्त भूमिका निर्वाह गर्न सक्छ ।
धूम्रपान शुरुआत गर्ने साथीभाइसँगको लहलहैको उमेर किशोर समूह हो, जुन अहिलेका बालबालिकाको विद्यालय, विश्वविद्यालयमा बितिरहेको हुन्छ । उक्त समयमा उचित निगरानी भएमा देशमा व्याप्त अम्मलीको संख्या पक्कै नियन्त्रण गर्न सकिन्छ ।
विभिन्न व्यक्ति समाजमा आप्mनै किसिमको स्वभाव लिएर जन्मेको हुन्छ । त्यसैले त भनिन्छ– कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि हुन्छ । त्यस्तै मानिसका शोखहरू पनि विविध प्रकारका हुन्छन् । एउटा व्यक्ति समाजमा शारीरिक, मानसिक तथा सामाजिक रूपले स्वस्थ भएर बाँच्नका लागि सामान्य स्वभाव हुनु आवश्यक हुन्छ । धूम्रपान गर्ने व्यक्तिहरू केही न केही रूपमा असामान्य स्वभाव भएका हुन्छन्, त्यसले समाजमा विभिन्न विकृतिहरू देखाइरहेको हुन्छ । धूम्रपानको असरलाई कम गर्न यसका विरुद्ध जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, खाना खाएपछि धूम्रपान गर्न लाग्ने तलतल मेट्न ल्वाङ, सुकुमेलजस्ता वस्तु सेवन गरेर यसको तलतलबाट बच्न सकिन्छ, किशोर वयको समयमा धूम्रपानको शुरुआत गर्ने भएकाले उक्त समयमा विद्यालय, शैक्षिक संस्था तथा अभिभावकले विशेष निगरानी राख्नुपर्छ । धूम्रपानको कुलतमा नफस्नका लागि धूम्रपान सेवन गर्ने साथीहरूसँग नहिँड्ने यदि कुनै साथी धूम्रपान गर्ने भएमा छाड्न लगाउनुपर्छ, विशेषतः आमाबाबु वा परिवारका ठूला व्यक्तिहरूको धूम्रपानबाट बालबालिकाले सिक्ने भएकाले घरपरिवारमा ठूलाबडाले धूम्रपान गर्नु हुँदैन । धूम्रपानबाट मुख गन्हाउने, टाउको दुख्ने, छातीको रोग, मुटुको रोग, दम, क्षयरोग, दाँत र गिजाको रोग, विभिन्न क्यान्सरजस्ता रोग लाग्ने भएकाले विभिन्न श्रव्यदृश्य तथा छापा माध्यमहरूबाट धूम्रपान विरोधी प्रचारप्रसार गर्नुपर्छ, । धूम्रपानबाट परिवार, समुदाय र राष्ट्रमा परेको आर्थिक, सामाजिक नकारात्मक असरबारे समयमै कार्यनीति बनाई स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले यो समस्या हल गर्न पहल गर्नु समयको माग हो ।
अधिकारी गुणस्तरीय जीवन विषयमा विद्यावारिधि हुन् ।