फेसबुक 'ह्याक' गरेर २० जनासँग पैसा असुल्ने १ जना युवक पक्राउ

काठमाण्डाै – फेसबुक 'ह्याक' गरेर रकम ठगी गर्ने एक जनालाई आज बुधवार प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिका फेसबुक ह्याक गरेर उनीहरूका आफन्त, साथी तथा सहकर्मीसँग च्याटमार्फत डिजिटल माध्यमबाट पैसा पठाउन लगाउने मोरङको पथरी शनिश्चरे नगरपालिका १० मंगलबारेका २० वर्षका किरण पाठकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पाठकले झन्डै २० जनाबाट रकम असुली गरेको पाइएको  छ । उनले ठगी गरेकाहरू अझै पनि सम्पर्कमा आइरहेकाले पीडितको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । ...

सम्बन्धित सामग्री

महिलाका अन्तरङ्ग तस्बिर र भिडियो सार्बजनिक गर्ने युवक पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । प्रहरी […]

हनी ट्रयापमा पार्न खोज्ने पोखराका ३ युवक पक्राउ

पोखरा । केटीको नामको फेसबुक आईडी बनाई हनी ट्रयापमा पार्न खोजेको आरोपमा ३ जना युवक पक्राउ परेका छन् । चितवन प्रहरीको सहयोगमा उनीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । पक्राउ पर्नेमा पोखरा २९, तालचोकका २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर १३, टाँडीका २० वर्षीय प्रवेश रिमाल र सिरहाको लाहान […] The post हनी ट्रयापमा पार्न खोज्ने पोखराका ३ युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साइबर ब्‍यूरोको नक्क‍ली फेसबुक पेज बनाएको आरोपमा युवक पक्राउ

२० मंसिर, काठमाडौं । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोको नक्क‍ली फेसबुक पेज बनाएको आरोपमा युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्‍ने १८ वर्षीय युवक करण महतो रहेका छन् । महतोले साइबर ब्‍यूरोको नक्क‍कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्‍यानमा पारी ठगी गर्ने अभिप्रायले उक्‍त पेजको दुरूपयोग […]

नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

२० कार्तिक, काठमाडौं । नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी)नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने सप्तरीसुरूङगा नगरपालिका वडा -१ बस्ने १९ वर्षीय सुमित […]

फेसबुक ह्याक गरेर ठगेको आरोपमा युवक पक्राउ

फेसबुक ह्याक गरेर पैसा ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० घर भएका २० वर्षीय किरण पाठक छन् ।  आरोपीलाई भदौ ७ मा मोरङको मंगलबारेबाट पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।पाठकले फेसबुक ह्याक गरेर ह्याक प्रोफाइलमा आबद्ध साथी, आफन्त र सहकर्मीलाई विभिन्न बहाना बनाएर डिजिटल पेमेन्ट गेटवे मार्फत रकम माग्ने गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।  आरोपीलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको

‘मेदी हो क्या’ भनेर सामाजिक संजालमा भाइरल युवक पक्राउ

सामाजिक संजाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । युवकहरूलाई सामाजिक संजालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरिएको कपिलवस्तुका एसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । समाजिक संजालमा भिडियोमार्फत उनले भनेका छन्–‘गाँजा, सुर्ती खाइन्छ, खाओ केटा हो ।’ ४० दिनको लागी इन्सपेक्टर भन्दा पनि म्यादी ठूलो हुने तर्क गर्दै उनले

पक्राउ परे ‘मिदी प्रहरी’ भन्ने भाइरल युवक

२१ वैशाख, काठमाडौं । म्यादी प्रहरीबारे गलत सन्देश जाने गरी भिडियो बनाएर अपलोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले फेसबुक र टिकटकमा भाइरल भिडियोमा देखिएका युवक वाणगंगा नगरपालिकाका १६ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरेको हो । भिडियोमा म्यादी प्रहरीको पोशाकमा देखिएका उनले ‘आफू मिदीमा भर्ना भएको’ भन्दै जे गरे […]

नाबालिकामाथि करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडाैं : फेसबुकमार्फत नाबालिकालाई ब्ल्याकमेल गरी करणी गरेको आरोपमा महानगरीय प्रहरी परिसरले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काभ्रेकाे पनौती नगरपालिका-१ स्थायी घर भई ललितपुरको पाटन-सुन्धारा बस्‍ने २१ वर्षीय सुजन श्रेष्ठ छन्। उनी सौगात महर्जन नामक नक्कली फेसबुक एकान्टमार्फत साथी बनाई उक्त नाबालिकालाई भिडियो कल गरेर अश्लील भिडियो बनाएर करणी गरेर फरार भएका थिए।बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरू देखाउन लगाई भिडियो कल रेकर्ड गर्नुका साथै स्कुलमा साथीहरू तथा घर परिवार समेतलाई उक्त भि

महिलामाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ

दाङमा नक्कली फेसबुक आइडी खोलेर अश्लील फोटाे राखी महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ निवासी १९ वर्षिय डेविट पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनले विभिन्न समयमा फेक आईडीहरु खोलि महिलाहरुको फोटो राखी फेसबुक, टिकटक मार्फत अश्लिल शब्दहरू लेखी पोष्ट गरी चरित्र हत्या गरेको र सम्झाउन खोज्दा उल्टै पिडितसंग हातपात तथा अभद्र व्यवहार गरेका थिए । पुनलाई असार ६ गते पक्राउ गरी अभद्र व्यवहार गरेको कस...

स्वास्थ्यकर्मीलाई फेसबुकमार्फत धम्क्याउने युवक पक्राउ

पर्सा : कोरोनाको कहरमा फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीहरूको चरित्रहत्या गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। स्वास्थ्यकर्मीहरूलाई पटक–पटक फेसबुकबाट आपत्तिजनक शब्द प्रयोग गरेका प्रहरीको आरोप छ। आफूलाई पत्रकार र सामाजिक अभियन्ता समेत भनी 'वाइओबी' नामको फेसबुक पेज बनाई त्यसैबाट आपतिजनक शब्दहरू प्रयोग गर्ने ती युवकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।फेसबुक र मेसेन्जरबाट स्वास्थ्यकर्मीहरूको चरित्र हत्या गर्ने, धम्क्याउनेलगायत काम गर