फेसबुक ह्याक गरेर ठगेको आरोपमा युवक पक्राउ

फेसबुक ह्याक गरेर पैसा ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० घर भएका २० वर्षीय किरण पाठक छन् ।  आरोपीलाई भदौ ७ मा मोरङको मंगलबारेबाट पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।पाठकले फेसबुक ह्याक गरेर ह्याक प्रोफाइलमा आबद्ध साथी, आफन्त र सहकर्मीलाई विभिन्न बहाना बनाएर डिजिटल पेमेन्ट गेटवे मार्फत रकम माग्ने गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।  आरोपीलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको

सम्बन्धित सामग्री

फेसबुक ह्याक गरी चरित्र हत्या गर्ने युवक पक्राउ

फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका–४ कर्सियाका २२ वर्षीय दिपेश लोहनी छन् ।

फेसबुक 'ह्याक' गरेर २० जनासँग पैसा असुल्ने १ जना युवक पक्राउ

काठमाण्डाै – फेसबुक 'ह्याक' गरेर रकम ठगी गर्ने एक जनालाई आज बुधवार प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिका फेसबुक ह्याक गरेर उनीहरूका आफन्त, साथी तथा सहकर्मीसँग च्याटमार्फत डिजिटल माध्यमबाट पैसा पठाउन लगाउने मोरङको पथरी शनिश्चरे नगरपालिका १० मंगलबारेका २० वर्षका किरण पाठकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पाठकले झन्डै २० जनाबाट रकम असुली गरेको पाइएको  छ । उनले ठगी गरेकाहरू अझै पनि सम्पर्कमा आइरहेकाले पीडितको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । ...