फेसबुक ह्याक गरी १४ लाखभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ – विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पीडितहरुले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न ५ जनाको गिरोहलाई काठमाडौँको बसपार्कस्थित रेसुंगा बुटवल गेष्ट हाउसबाट नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका […]