काठमाण्डाै – सरकारबाट फिर्ता बोलाउँदा नफर्किएका मन्त्रीलाई कारबाही गर्ने भने पनि माओवादी केन्द्रको आइतवार बसेको केन्द्रीय कमिटी बैठकले यसबारेमा केही निर्णय गरेको छैन । एमालेमा प्रवेश गरेका गृह मन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री टोपबहादुर रायमाझीसहित २३ जनालाई अझै कारबाही प्रक्रिया अघि नबढाएको केन्द्रले जनाएको छ ।
पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा कारबाहीबारे छलफल भएको तर कुनै निर्णय नगरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । स्पष्टीकरण सोधेको पत्र बुझेको २४ घण्टाभित्र जवाफ नदिए कार...