काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको घटनाका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन वर्ष पुगेकै दिन प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।देउवाले सामाजिक संजालमा लेखेका छन्,‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिले