काठमाण्डाै – महिला कानुन व्यवसायीहरूले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृह मन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल बार एसाेसिएशन महिला समितिका पदाधिकारीहरूले मङ्गलबार गृह मन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्नेमाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित तथा उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।
नेपाल बार एसाेसिएशनकी उपाध्यक्ष एवं नेपाल बार एसाेसिएश...