काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन्।
सुनाकोठीको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा संलग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।…