मानिसको दिमाग उमेरअनुसार फरक-फरक हुन्छ । यसलाई जीवनशैली, खानपान, शारीरिक एवं मानसिक व्यायामले फरक पार्छ । बच्चाहरुको दिमाग जन्मजात राम्रो हुन्छ ? कोही पनि बच्चा आमाको पेटबाट नै प्रतिभाशाली भएर आउँदैन । आमाको गर्भमा छँदा बच्चाको शारीरिक र मानसिक विकासमा केही हदसम्म प्रभाव हुन्छ । जस्तो, आमाको खानपान, आनीबानी, जीवनशैलीले गर्भको बच्चामा प्रभाव पारेको हुन्छ […]