काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो बुधवार साढे ४१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय २७ वटा कम्पनीका ७२ लाख ५४ हजार कित्ता शेयर दुई अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको नाै करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत्, न्...