काठमाडौं : दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले वृद्धि भएको छ।बुधबार नेप्से परिसूचक र कारोबार रकमसमेत मंगलबारको तुलनामा सामान्य सुधार भएको छ। आज नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ।त्यस्तै, आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.०१ अंक बढेको छ।आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खर