आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि अन्तिम समयसम्ममा सुधार आउँदै ८.०३ अंकले बढ्दै परिसूचक २२ सय ३९ अंकमा पुगेर रोकिएको हो ।यसक्रममा आज नेप्सेमा एक अर्ब रुपैयाँको पनि कारोबार भएन । आज ८ करोड ९ लाख रुपैयाँ बराबरको २३ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । यसैगरी, आज कारोबारमा आएका १३ मध्ये ५ समूह घटेका छन् ।होटल एण्ड टुरिजम, विकास बैंक, जलविद्युत, वित्त र अन्य समूहमा गिरावट आएको छ । यसबाहेक बैंक, व्यापार, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह, ल