नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १६ जयसपुरकी हवीवन कवाडिया बर्षौंदेख तरकारी खेती गर्दै आएकी थिइन् । तरकारी बेचेको पैसाले खाने मानादेखि लगाउने नानासम्म किन्दै आएकी उनलाई पछिल्लो समय जोखिम मोलेर तरकारी खेती गरे पनि भारतबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो हुने गरेको थियो । अन्य विकल्प नहुँदा तरकारी खेती ठीकै भए पनि लगानी र जोखिमको तुलनामा आम्दानी कम हुनथालेपछि उनले तरकारी त्यागेर दुई वर्ष अघिदेखी मकैखेती गर्न थालेकी छन् ।