सिन्धुलीमा हाइब्रिड मकै खेती फस्टायो

सिन्धुली । पछिल्लो समयमा सिन्धुली जिल्लाका किसानहरू हाइब्रिड जातको मकै खेती प्रति आकर्षित भएपछि पर्याप्त आम्दानी गर्न सफल भएका छन् । परम्रागत मकैखेतीको तुलनामा हाईब्रिड जातको हिउँदे मकै खेती गर्दा सिन्धुलीका किसानहरूलाई फाइदा हुँदै गएको हो । सिन्धुली जिल्लाका कमलाखोच क्षेत्रका टांडी, रानीबास, हत्पते, लदाभीर लगायतका विभिन्न स्थानमा हाईब्रिड जातको मकै खेती गरिएको हो । […]