महोत्तरी : प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ। भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी १४३ मतदान स्थललाई अतिसंवेदनशील र ११४ लाईसंवेदनशील घोषित गरिएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले निर्वाचनलाई मध्यनजर गर्दै सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ पारेको बताए। ‘जिल्ला प्रशासन अहिलेदेखि नै निर्वाचनसम्बद्ध सुरक्षा प्रबन्धमा जुटेको छ’, उनले भने, ‘निर्वाचन सुरक्षा प्रबन्धका लागि अहिलेदेखि न