नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराउँदै राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैलई विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेत गराएको हो ।