नेपाल राष्ट्र बैंकले गैर कानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो । ‘हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सी, क्रिप्टो करेन्सीहरुको कारोबार तथा प