काठमाण्डाै – नेपाल राष्ट्र बैंकले तीन वटा 'क' वर्गका अर्थात् वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरू पालना नगर्ने प्राइम कर्मसियल बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो ।
प्राइम कमर्सियल बैंकले कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको बैंकले जनाएको छ । यस्तै कानुन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकाले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सच...