हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन

हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन गरिएको छ । शनिबार नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ मार्फत उनले आफ्ना कविता वाचन गरेका हुन् । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठले उक्त कार्यक्रममा आफ्ना दर्जन बढि कविता र मुक्तकहरु सुनाएका थिए । नेपाली साहित्य क्षेत्रमा उनले कविता मात्रै नभइ गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् ।कवि तिर्थ श्रेष्ठले आफू कोमल कविताको पक्षपाती रहेको बताए । कविता लेख्नु र राजनीति गर्नु दुबै कठिन हुने उनको भनाई थियो ।

सम्बन्धित सामग्री

‌‌’भ्यालेन्टाइन डे’मा बसन्त चौधरीको एकल कविता वाचन

काठमाडौँ – फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’मा कवि बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयाेजना हुने भएकाे छ। ‘भ्यालेन्टाइन डे'(प्रणय दिवस)का दिन कवि तथा गीतकार चौधरीकाे नाममा ‘कवितासँग बसन्त’ कार्यक्रमकाे आयाेजना हुन लागेकाे हाे। ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ। जसमा कवि बसन्तकाे एकल कविता वाचन […]

लेखनाथ जयन्तीमा कविता वाचन र खोलाघरे साहिँलोको पुस्तक विमोचन

काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा आयोजित कार्यक्रममा साहित्यकारहरुले कवि शिरोमणिको प्रतिमामा माल्यार्पण गरेपछि दुई छुट्टैछुट्टै सत्रमा कविता वाचन र पुस्तक विमोचन गरे । छन्द सारथी रमेश खकुरेलले स्रग्धरा छन्दमा रचित कविताबाट सुरु भएको कार्यक्रममा कक्षा ३ मा पढ्ने आर्या घिमिरेले र […]

विनोदविक्रम केसीको एकल कविता वाचन

कवि विनोदविक्रम केसीले सोमबार काठमाडौंस्थित मण्डला थिएटरमा एकल कविता वाचन गरेका छन् । सुसेला सांगीतिक समूहले आयोजना गरेको कार्यक्रममा कवि, सर्जक तथा दर्शकको उपस्थिति थियो । कार्यक्रममा केसीले ‘प्रेम एक भोक’, ‘मृतक प्रेमीको...

नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ– स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराई कार्यक्रमका प्रमुख अतिथि रहेको उक्त कार्यक्रम आज काठमाडौँमा सम्पन्न गरिएको हो । कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका […]

विश्व कविता दिवसका अवसरमा विशेष कवि गोष्ठी आयोजित

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य-काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो । समाजलाई सही दिशानिर्देश गर्ने विषय […]

विश्व कविता दिवसका अवसरमा ३१ कवि गुन्जिए

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गरे ।  सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३० औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको हो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, “कविताको सामर्थ्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो विश

रोल्पामा सुनिए समयका १७ कविताहरू

सुनिल स्मृति साहित्य महोत्सवको दोस्रो दिन ’समयका कविता शीर्षक’मा १७ कविहरूले कविता वाचन गरेका छन् । प्युठानका घनश्याम अस्तित्वबाट सुरु भएको कविता वाचन रोल्पाका दिलीप कुँवरमा आएर टुङ्गिएको हो । पाल्पाका कवि जनक कार्कीले बिजुलीको खम्बा शीर्षकमा कविता वाचन गरे भने रामेछापका कवि विक्रम पवन परियारले आवाज शीर्षकमा कविता वाचन गरे । राजु झल्लु प्रसाद (बिम्ब परिवर्तन गर कवि हो), अर्पण उत्कर्ष (लालसलाम र ताम्सालिङ), प्रेम प्रकाश मायालु (आगो लिन गएकाहरू), सविना भुषाल (मेरी मरियाना,  छ

बहुभाषिक कविता गोष्ठीमा पाँच कविता उत्कृष्ट

कविहरुले आफ्नो जातिय भाषा र नेपाली भाषामा पनि उल्था गरेर कविता वाचन गरेका थिए। गोष्ठीमा कवि वम देवान, महानन्द तिम्सिना र हर्ष सुब्बा निर्णायक थिए।...

कवि सिम्खडाको एकल कविता वाचन

काठमाडौँ- भैरव अर्याल स्मृति पुस्तकालयको आयोजनामा शनिबार श्रीकृष्ण सिम्खडाको एकल कविता बाचन भएको छ । कार्यक्रममा कलाकार, कवि तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले आफ्ना काविताहरु प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि कवि तथा कलाकार शैलेन्द्र सिम्खडाले चोटिलो व्यंग्य प्रस्तुत गरेका थिए। प्रमुख अतिथि शैलेन्द्रले भाइ श्रीकृष्णको एकल कविता बाचनमा भाइलाई हौसला तथा शुभकामना दिन आफू […]

भानु जयन्तीमा चार्ल्सको कविता वाचन प्रतियोगिता

न्युज अफ नेपाल, काठमाडौं । २०८औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय स्तरीय छन्द कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको गोकर्णेश्वर, नयाँबस्तीस्थित चार्ल्स डार्विन एकेडेमीद्वारा आयोजना गरिएको प्रतियोगितामा छन्द अनुरागी कवि, कवयित्री, शिक्षक, शिक्षिकाहरूको उल्लेख्य सहभागीता रहेको थियो । कक्षा ५ देखि कक्षा १० सम्मका झण्डै ३५ बालबालिकाले विभिन्न कविहरूका छन्द कविता वाचन गरेका […]