फिलिपिन्समा भीषण उष्ण तटीय आँधी कोम्पासुका कारण गएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो खसेको छ, जसका कारण सडक र पुलहरू नराम्रोसँग प्रभावित भएका छन् । आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रहरूमा एक हजार ६००...