चितवनमा दशैंको समयमा भएका दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए ।
२८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । सवारी दुर्घटना विशेष गरी भित्री सडकमा भएका थिए ।
दुई पाङ्ग्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानर...