भारतमा पहिरोले पुरिएर सात पर्यटकसहित ९ जनाको मृत्यु
काठमाडौं, साउन ११। भारतको हिमाञ्चल प्रदेशमा चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । पहरोबाट झरेको भीमकाय चट्टानको प्रहारमा परेर हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।
निरन्तरको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी शनिबार ९ जनाको मृत्यु हुनुका साथै देशभरको जनजीवन प्रभावित भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–६ स्याङ्दी माझकोटमा पहिरोले पुरिएर शनिबार बिहान एकै घरका तीन जनाको निधन भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका ९ जनाको मृत्यु भएको छ ।
शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका ६ जना र विकास विकको परिवारका तीन जनालाई थाहै नदिई पहिरोले पुरेको छ ।