सानीभेरी नदीको पुल सञ्चालन

रुकुम पूर्व : सिस्ने गाउँपालिकाको सानीभेरी नदीमा मोटरेबल पुल निर्माण भएको छ। ८० मिटर लामो पुल तीनपटक म्याद थपेर निर्माण सम्पन्न भएको छ।सिस्ने गाउँपालिका वडा नम्बर ३, ४ र ६ लाई जोड्ने गरी सानीभेरी नदीमा निर्माण गरिएको छ। पुलको उदघाटन बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले गरे। लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण सकिएपछि स्थानीय खुसी भएका छन्। २०७३ असार ३१ मा सम्झौता भएको पुल निर्माणको काम २०७५ असार ३० मा सम्पन्न गरिसक्नुपर्ने थियो। तर, सम्झौता अवधिमा काम सम्पन्न

सम्बन्धित सामग्री

मीरगञ्ज पुल आंशिक सञ्चालन

विराटनगर । विराटनगर नाका जोड्ने भारतको बथनाहास्थित परमाणा नदीको पुल बिहीवारदेखि सञ्चालनमा आएको छ । निर्माणाधीन नयाँ चार लेनको पक्की पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित बनेका छन् । पुरानो बेलिब्रिज पुसमा भासिएपछि जोगवनीबाट विराटनगर भन्सार आउने सामग्री सुनसरीको भण्टाबारी नाका हुँदै ल्याउने गरिएको छ । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले लामो समयदेखि मीरगञ्ज पुल जीर्णोद्वारको लागि गरिएको पहल सार्थक भएको प्रतिक्रिया दिए । भारतले नयाँ निर्माण गरेको पुल आंशिक रूपमा सञ्चालनमा आएको संघका अध्यक्ष रिजालले जानकारी दिए । मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारीसाधन व्यवस्थापन अब सहज हुने अपेक्षा राखिएको छ । गत पुसमा पुरानो पुल भत्किएपछि सुनसरीको भण्टाबारीस्थित सेतुबन्ध नाकाबाट मालवाहक सवारी रि–रुट गर्ने गरिएको थियो । १६ वर्षदेखि मीरगञ्ज पुलले कोरिडोरका उद्योगी–व्यवसायीलाई हैरान दिँदै आएको छ । पुरानो जीर्ण अवस्थाको पुललाई मर्मत गर्दा पनि दीर्घकालीन रूपमा त्यसले समाधान दिएको छैन् । जसले गर्दा व्यवसायीहरू वर्षेनि झन्झट बेहोर्न बाध्य छन् । भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारीसाधनले मीरगञ्ज पुल (पुरानो) अवरुद्ध भएका कारण भीमनगर–भण्टाबारी नाका प्रयोग गर्दै आएका छन् । यसो गर्दा नेपाली आयातकर्ताले प्रतिसवारीसाधन करिब २५ हजार रुपैयाँ थप व्ययभार बेहोर्नुपर्छ । पुल सञ्चालन गर्न विराटनगरका उद्योगीले भारतको सडक, राजमार्ग मन्त्री, अररियाका डीएम, फारबिसगञ्जका एसडीओ, पटनाका कस्टम्स कमिशनर लगायत नेशनल हाइवे अथोरिटी अफ इन्डियाका अधिकारीलाई आग्रह गरेका थिए ।

वर्षाका कारण अवरुद्ध सडक अझै खुलेनन्

काठमाडौं । कात्तिक पहिलो हप्ता भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । मनसुन बाहिरिएसँगै सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वर्षाले सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ । यस वर्ष मनसुन शुरू भएदेखि गत असोज मसान्तसम्ममा २ अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्यांक छ । वर्षापछि आएको बाढी, पहिरोको कारण २४५ ठाउँमा सडक अवरुद्ध भएको विभागले बताएको छ । कात्तिक १ गतेदेखि १८ ठाउँमा सडक अवरुद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार मनाङमा अहिलेसम्म सडक अवरुद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ । ‘बझाङमा सडक खुलाउन बढी समय लाग्न सक्ने देखिएको छ, पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ । कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको छ,’ उनले भने, ‘डँडेलधुराको स्याउलेदेखि डोटीसम्म ठाउँठाउँमा सडकमा क्षति पुगेको छ ।’     धनगढी–सहजपुर–वुडर–स्याउेले, सतबाँझ–थाकतोली–दार्चुला–तिंकर सडक वर्षाका कारण केही दिनसम्म अवरुद्ध भएको थियो । अहिले सो सडक एकातर्फबाट खुलाइएको छ । बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरुद्ध छ । ३०० मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको बताइएको छ । मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडकमा ठूलो क्षति पुगेको विभागले बताएको छ । साँफे–मार्तडी सडकमै तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाको भनाइ छ । सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो । बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ । ‘अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरुद्ध गर्न सक्छ,’ उनले भने । बर्दियामा सतिघाटमा कर्णाली नदीको पुल रहेको थियो । सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ । माथिल्लो भागबाटै कर्णालीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुन सक्ने बताइएको छ ।   यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीशहर–चामे सडकमा पुगेको थियो । मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो । भदौसम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत गर्न कठीन थियो । विभागले त्यहाँ रहेका पाँच काठे पुल पुनः बनाएर यातायात चालू गरेको थियो । अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताए । ‘अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमै खुल्नेछ,’ उनले भने । विभागले अवरुद्ध सडक आफ्ना ३० डिभिजन कार्यालय, चार संघीय सुपरिवेक्षण कार्यालय र आठ हेभी इक्वीपमेन्ट कार्यालयमार्फत खुलाइरहेको छ । अवरुद्ध सडकका बारेमा विभागले बेवसाइटमै नागरिकलाई जानकारी दिने गरेको उनले बताए । सडक बनाउँदा नै ध्यान नदिइएकाले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको विभागले बताउने गरेको छ । आइतवारको प्रतिनिधिसभा, विकास तथा प्रविधिसमितिको बैठकमा सांसदले नदीको धेरै नजिकै र कम उचाइमा सडक बनाउँदा क्षति भइरहेको बताएका थिए । माथिबाट आउने पहिरोको समाधन नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने सांसदहरूको भनाइ थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताए । स्थानीय तह र कतिपय स्थानमा स्थानीयवासी आफैले प्राविधिक अध्ययन नगरी सडक खन्ने गरेको उनको भनाइ छ । रासस

कंगोमा नेपाली सेनाले बनाइदियो सारी नदीको पुल (फोटोसहित)

काठमाडौं :  कंगोमा रहेको नेपाली शान्ति सैनिकले त्यहाँ जीर्ण अवस्थामा रहेको एउटा पुलको मर्मत पछि सञ्चालनमा ल्याएको छ। नेपाली शान्ति सैनिकले लामो समयदेखि जीर्ण अवस्थामा रही स्थानीयबासिन्दाको आवत-जावत तथा फौजको हर्कत समेतमा बाधा परिरहेको सारी नदी माथि रहेको पुलको मर्मत गरेर सञ्चालन गरेको हो। कंगोमा तैनाथ श्री नं २४ फिल्ड गुल्म (इन्जिनियर्स) ले उक्त पुलको मर्मत गरेर सञ्चालनमा ल्याएको नेपाली सेनाले जनाएको छ।  मर्मत पश्चात् उक्त पुल मुनुस्को मिसनका डेपुटी स्पेशल रेप्रिजेन्टेटिभ्स&n

महोत्तरीबासीकाे रेल चढ्ने सपना  छिट्टै पूरा हुने विश्वास

जब चाँडै रेल सेवा सञ्चालनमा आउने खबरको चर्चा शुरु हुन्छ महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीकी ७२ वर्षीया राजकली चौधरी (यादव) को मरिसकेको मन फेरि बौरिन थाल्छ । पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा अब त रेल चढिन्छ कि भनेर हौसिने गर्नुहुन्छ उहाँ । जब त्यो खबर सेलाउँदै जान्छ अनि राजकली र उहाँजस्तै यहाँका स्थानीयवासीको मन पनि मर्ने गर्दछ । “कि कहु बौवा, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल” (के भनौ बाबु, परार नै रेल चल्ने कुरा थियो तर कुरैमा मात्रै रह्यो) भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल सेवा सञ्चालन हुने सुन्नुभएकी राजकलीले बुढेसकालले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भन्नुभयो,“अहु बेर आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।” (यसपाली पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझाैंला कि रेल चल्यो भनेर) ।           भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास (महोत्तरी)–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर लामोदूरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा)सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । त्यसयता प्रत्येक हिउँदअघि यसपाली रेल चल्छ भन्ने कुरा चले पनि के के नपुगेको भनेर रेल चल्न नसकेपछि यसपाली पनि राजकली चौधरीलाई केही दिनभित्रै रेल चढ्न पाइने चर्चा अहिलेसम्म कुरामात्रै लागेको छ । राजकली चौधरीकै बुहारीहरु पूजा अधिकारी र मञ्जु यादव पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बस्नुभएको छ ।           धनुषाको कुर्था महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेसनबाट तीन किमीभन्दा पनि नजिक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् । त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन् । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउँछन् ।           खुट्टापिपराढीकै उमेरले ९० वर्ष टेक्दै गर्नुभएका धरखन कवारी पनि रेल चल्ने कुरा चलेपछि बुढ्याँइले गाँजेको शरीर फूर्तिलो बन्ने बताउनुहुन्छ । विगतमा रेल सेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने ठूलो रहर रहेको कवारी बताउनुहुन्छ ।           विगतमा जयनगर–जनकपुर–विजलपुरा (भङ्गाहा, महोत्तरी) रेल चल्दा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जनकपुर गइएको भङ्गाहा नगरपालिका–४ पलारकी सियानकीदेवी बातरलाई झलझली सम्झना छ । “हमसभ सालोसाल मेला देख जाय छली, मुदा रेल बन्द भेला करिब २० साल भगेल, अईबीचमें एकोबेर जनकपुर नई गेली” (हामी रेल चढेर विवाहपञ्चमी मेला हेर्न प्रत्येक वर्ष जनकपुर जाने गथ्र्यांै, तर रेल चल्न छाडेपछि भने पछिल्लो २० वर्ष जनकपुर गइएको छैन) सियानकीले भन्नुभयो । अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने करिब ५० वर्षीया सियानकीको धोको छ । पहिले जयनगर, जनकपुर हुँदै बिजलपुरासम्म चल्ने रेल २०५८ सालको वर्षात्को भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको हो ।           यसअघि विसं २०७५ यता जयनगरदेखि कुर्थासम्म रेल लिक तयार भएर चाँडै रेल चल्ने कुरा धेरैजसो अनुमानमा आएका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई बताउनुहुन्छ । “लिक तयार भएपछि सर्वसाधारणलाई अब रेल सञ्चालनमा आइहाल्छ भन्ने लागेको हो, तर हामीसँग रेलका इञ्जिन, डिब्बा र आवश्यक जनशक्ति केही थिएन नि ।” बितेका दुई वर्षबीच रेल सञ्चालनमा आइसक्ने स्पष्ट पार्दै भट्टराईले भन्नुभयो,“बल्ल यसपालि गत असोजमा रेलका इञ्जिन र डिब्बा आएका छन्, आवश्यक जनशक्ति र अन्य प्रबन्धमा हामी लागेका छौं, यसपालि भने अब आउने माघभित्र कुर्थादेखि जयनगरसम्म रेल सञ्चालनमा आउनेछ ।”           यसपालि माघभित्र कुर्था–जयनगर रेल चल्ने खबरले कुर्था ओरपरका बासिन्दा उत्साहित भएका छन् । खासगरी महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीयतहका बस्तीमा आम किसान आफ्नो फसलले तत्काल बजार पाउने आसमा छन् । “अब हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्मको बजारमा तत्कालै पुग्नेछ” लोहारपट्टी नगरपालिका–४ का वडाअध्यक्ष जीतेन्द्र चौधरीले भन्नुभयो, “यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउनेछ ।” कुर्थाबाट ५÷६ किलोमिटरको दूरीमा पर्ने भङ«गाहा नगरपालिकाको हरिणमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरुन्तै भारतीय बजारसम्म पुग्ने आश पालेका छन् ।     “रेल चलौक त जीवन बड आसान भजायत” (रेल चलेपछि जीवन सजिलो बन्नेछ) भङ्गाहा नगरपालिका–९ हरिनमरी सखुवाटोलका ६५ वर्षीय राजवीर यादव भन्नुहुन्छ, “मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत” (तर लाग्दैछ जीवन यसै आशामा रही रहेको छ ) । तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरे पनि कुरामै सीमित भएपछि अब चलेपछि चलेछ भन्ने यादवको भनाइ छ ।

नारायणी नदी किनारमा पुरेको फोहोर उठेन

नारायणी नदी किनारमा पुरेको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश अझै कार्यान्वयन हुन सकेको छैन। चितवन महोत्सव सञ्चालन गर्नका लागि नारायणी नदीको पुल उत्तरतर्फको स्थानमा भएको खाल्टोमा फोहोर पुरेरसम्म बनाइएको थियो। त्यो फोहर पुरेरसम्म बनाएपछि चितवन महोत्सव सञ्चालन भएको थियो भने अहिले व्यापारिक ठेला तथा कोटी होम आयोजना भइराखेको छ।