महोत्तरीबासीकाे रेल चढ्ने सपना  छिट्टै पूरा हुने विश्वास

जब चाँडै रेल सेवा सञ्चालनमा आउने खबरको चर्चा शुरु हुन्छ महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीकी ७२ वर्षीया राजकली चौधरी (यादव) को मरिसकेको मन फेरि बौरिन थाल्छ । पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा अब त रेल चढिन्छ कि भनेर हौसिने गर्नुहुन्छ उहाँ । जब त्यो खबर सेलाउँदै जान्छ अनि राजकली र उहाँजस्तै यहाँका स्थानीयवासीको मन पनि मर्ने गर्दछ । “कि कहु बौवा, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल” (के भनौ बाबु, परार नै रेल चल्ने कुरा थियो तर कुरैमा मात्रै रह्यो) भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल सेवा सञ्चालन हुने सुन्नुभएकी राजकलीले बुढेसकालले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भन्नुभयो,“अहु बेर आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।” (यसपाली पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझाैंला कि रेल चल्यो भनेर) ।           भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास (महोत्तरी)–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर लामोदूरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा)सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । त्यसयता प्रत्येक हिउँदअघि यसपाली रेल चल्छ भन्ने कुरा चले पनि के के नपुगेको भनेर रेल चल्न नसकेपछि यसपाली पनि राजकली चौधरीलाई केही दिनभित्रै रेल चढ्न पाइने चर्चा अहिलेसम्म कुरामात्रै लागेको छ । राजकली चौधरीकै बुहारीहरु पूजा अधिकारी र मञ्जु यादव पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बस्नुभएको छ ।           धनुषाको कुर्था महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेसनबाट तीन किमीभन्दा पनि नजिक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् । त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन् । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउँछन् ।           खुट्टापिपराढीकै उमेरले ९० वर्ष टेक्दै गर्नुभएका धरखन कवारी पनि रेल चल्ने कुरा चलेपछि बुढ्याँइले गाँजेको शरीर फूर्तिलो बन्ने बताउनुहुन्छ । विगतमा रेल सेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने ठूलो रहर रहेको कवारी बताउनुहुन्छ ।           विगतमा जयनगर–जनकपुर–विजलपुरा (भङ्गाहा, महोत्तरी) रेल चल्दा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जनकपुर गइएको भङ्गाहा नगरपालिका–४ पलारकी सियानकीदेवी बातरलाई झलझली सम्झना छ । “हमसभ सालोसाल मेला देख जाय छली, मुदा रेल बन्द भेला करिब २० साल भगेल, अईबीचमें एकोबेर जनकपुर नई गेली” (हामी रेल चढेर विवाहपञ्चमी मेला हेर्न प्रत्येक वर्ष जनकपुर जाने गथ्र्यांै, तर रेल चल्न छाडेपछि भने पछिल्लो २० वर्ष जनकपुर गइएको छैन) सियानकीले भन्नुभयो । अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने करिब ५० वर्षीया सियानकीको धोको छ । पहिले जयनगर, जनकपुर हुँदै बिजलपुरासम्म चल्ने रेल २०५८ सालको वर्षात्को भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको हो ।           यसअघि विसं २०७५ यता जयनगरदेखि कुर्थासम्म रेल लिक तयार भएर चाँडै रेल चल्ने कुरा धेरैजसो अनुमानमा आएका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई बताउनुहुन्छ । “लिक तयार भएपछि सर्वसाधारणलाई अब रेल सञ्चालनमा आइहाल्छ भन्ने लागेको हो, तर हामीसँग रेलका इञ्जिन, डिब्बा र आवश्यक जनशक्ति केही थिएन नि ।” बितेका दुई वर्षबीच रेल सञ्चालनमा आइसक्ने स्पष्ट पार्दै भट्टराईले भन्नुभयो,“बल्ल यसपालि गत असोजमा रेलका इञ्जिन र डिब्बा आएका छन्, आवश्यक जनशक्ति र अन्य प्रबन्धमा हामी लागेका छौं, यसपालि भने अब आउने माघभित्र कुर्थादेखि जयनगरसम्म रेल सञ्चालनमा आउनेछ ।”           यसपालि माघभित्र कुर्था–जयनगर रेल चल्ने खबरले कुर्था ओरपरका बासिन्दा उत्साहित भएका छन् । खासगरी महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीयतहका बस्तीमा आम किसान आफ्नो फसलले तत्काल बजार पाउने आसमा छन् । “अब हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्मको बजारमा तत्कालै पुग्नेछ” लोहारपट्टी नगरपालिका–४ का वडाअध्यक्ष जीतेन्द्र चौधरीले भन्नुभयो, “यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउनेछ ।” कुर्थाबाट ५÷६ किलोमिटरको दूरीमा पर्ने भङ«गाहा नगरपालिकाको हरिणमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरुन्तै भारतीय बजारसम्म पुग्ने आश पालेका छन् ।     “रेल चलौक त जीवन बड आसान भजायत” (रेल चलेपछि जीवन सजिलो बन्नेछ) भङ्गाहा नगरपालिका–९ हरिनमरी सखुवाटोलका ६५ वर्षीय राजवीर यादव भन्नुहुन्छ, “मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत” (तर लाग्दैछ जीवन यसै आशामा रही रहेको छ ) । तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरे पनि कुरामै सीमित भएपछि अब चलेपछि चलेछ भन्ने यादवको भनाइ छ ।

सम्बन्धित सामग्री

जनकपुरमा कुद्न थाल्यो रेल

काठमाडौं।जनकपुर–जयनगर रेल सञ्चालनमा आएको छ।रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ।नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरूलाई पनि आवतजावतका लागि सहज बनेको छ।रेल सञ्चालनपछि समयको वचत भएको र सेवा पनि राम्रो रहेको यात्रुहरुको भनाइ छ।

दुई रेल किनिए, चल्ने एउटा मात्र

जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ गरी राखिएको छ ।सेवा सञ्चालनका लागि दुईवटा रेल सेट खरिद गरिए पनि अहिलेसम्म एउटा रेल मात्र व्यावसायिक रूपमा गुड्न सकेको छ । एक अर्ब तीन करोड रुपियाँमा किनिएका दुई रेलमध्ये एउटा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरे

धनुषावासीका लागि रेल बन्दै नयाँ आकर्षण, रेल चल्दैमा हुँदैन नाफा

जनकपुरधाम : आइतवारदेखि नेपाल रेल्वेले नियमित रेल सेवा सुरु गरेको छ। नयाँ दिल्लीबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाउँदै रेल सेवाको शुभारम्भ गरेका थिए। रेल सेवा सुरु भएको दुई दिनको अवधिमा रेलमा यात्रा गर्नेहरुको संख्या बढिरहेको छ। नेपाली नागरिकहरुमा रेलमा चढ्ने आकर्षण पनि बढी नै…

हर्न बजाउँदै आयो पहिलो ब्रोडगेज रेल

लामो अन्तरालपछि रेल लिकमा रेल सञ्चालन हुने भएपछि शनिबार जयनगरदेखि जनकपुरधामसम्मै सम्हालिनसक्नु भीड थियो।...

नेपाल र भारतका प्रधामन्त्रीद्वारा रेल सेवाको उद्घाटनसँगै रेल आइपुग्यो जनकपुर

लामो समयको प्रतीक्षापश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ।...

नेपाली रेल आजदेखि सञ्चालन

जनकपुरधाम । नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको रेल सञ्चालन गर्न लागिएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा […]

बढ्यो रेल चढ्ने रहर

महोत्तरी – फेरि रेल चल्ने चर्चा चल्यो । शनिवार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे विस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो ।  ‘अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठाक रहेको प्राविधिकको ठहर छ, एक महिनापछि (आउने फ्रेब्रुअरी–१० तारिखदेखि) कुर्था–जयनगर खण्डमा रेल सेवा सञ्चालन हुन्छ’, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पछिल्लो यो भनाइमा सर्वसाधारण भने ...

नेपाली रेल रोकिएको रोकियै

गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ २ वटा रेल नेपाल भित्र्यायो । नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुशी छायो तर किनेको नयाँ रेल पनि थन्किएको १ वर्ष भएको छ । रेल छोपेको पाल समेत च्यातिएर धुजाधुजा भएका छन् । छोपिएको रेल नांगिएको छ । अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन ।  धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ । कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो । लामो समयपछि नेपाल सरकारको स्वामि...

रेल रोकिएको रोकियै

गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजाधुजा भएका छन्। छोपिएको रेल नांगिएको छ। अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन। धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ। कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो। लामो समयपछि नेपाल सर

रेल आयो, रेल आयो फुस्सा!

धनुषा-महोत्तरी, बारा-पर्सा वा काठमाडौं-ललितपुर बीच रेलसेवा संचालन गर्नु आर्थिक सामाजिक कुनैपनि दृष्टिकोणबाट उपयुक्त हुँदैन। यस्ता एकदमै छोटा दूरीमा रेल चलाउनुभन्दा बरु भृकुटीमण्डप भित्रको बाल रेल सकृयता पूर्वक संचालन गर्नु उपयुक्त हुन्छ होला। यसले कमसेकम मनोरन्जन त प्रदान गर्छ।