१५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।पहिलो खेलमा नेपाल र बङ्गलादेश दुवैले भुटानलाई हराएका थिए । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्