दाङ : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।८० का लागि ४२ अर्ब ६३ करोडभन्दा बढी बजेट प्रस्ताव गरेको छ। प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बुधबार ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्ताव गरेका हुन्।कुल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार, पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रहने बजेट उल्लेख छ।त्यस्तै वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदानमार्फत स्