काठमाडौं। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरी (थारु)ले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। बजेटमध्ये चालु खर्चतर्फ१४ अर्ब ९३ करोड ७३ लाख४३ हजार रुपैयाँ, पुँजिगततर्फ२१ अर्ब१७ करोड९९ लाख६१ हजार रुपैयाँ र स्थानीय तह वित्तिक हस्तान्तरणतर्फ ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ छुट्टयाएको छ।