जुम्ला - जुम्लाको सिंजामा रहेको इलाका प्रशासनमा अधिकृतस्तरको कर्मचारी नहुँदा रोकिएको नागरिकता वितरण कार्य शुरु भएको छ ।
गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएपछि इलाका प्रशासन कार्यालयबाटै नागरिकता वितरणकाे कार्य शुरु भएकाे हाे ।
इलाका प्रशासन कार्यालयमा अधिकार प्राप्त कर्मचारी पुग्नेबित्तिकै एकैदिनमा ६९ जनाले नागरिकता प्राप्त गरेका छन् । प्रशासन प्रमुख रेश्मा बुढाकाअनुसार आफू १५ गते काठमाण्डाै, नेपालगञ्ज, जुम्लाबजार हुँदै सिधैँ इलाका प्रशासन कार्यालय सिंजामा ५ ब...