सुर्खेत । केन्द्रमा नेकपा एमालेसहितको सहयोगमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमतिसँगै कर्णालीमा मुख्यमन्त्री को बन्ने ? भन्ने विषयको चर्चा हुन् थालेको छ । नेकपा र एमाले विभाजनको केन्द्रबिन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित व्यक्ति हुन् । केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आकलन गरिएको छ । प्रदेशमा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ