सुर्खेत-कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएको दश दिनसम्म पनि मन्त्रिपरिषद् विस्तारको कुनै सुरसार देखिएको छैन । शाहीले अहिलेसम्म मुख्यमन्त्रीसहित प्रदेश सरकार अन्य सात मन्त्रालय एक्लै सम्हालिरहेका छन् । तर, मन्त्री बाँडफाँडका विषयमा गठबन्धनका दलहरूबीच कुनै पनि औपचारिक छलफल भएको छैन ।नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता शाहीले गत कात्तिक १६ गते मुख्यमन्त्रीको सपथ ग्रहण […]