कर्णाली प्रदेशमा सरकारलाई पूर्णता दिने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच आरोप प्रत्यारोपको श्रृखंला जारी छ, जसका कारण अहिलेसम्म न मन्त्रालयको भागवण्डा टुङ्गिएको छ, न मन्त्री बनाउने कुरा नै छलफलको विषय बन्न सकेको छ । जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको आज (आइतबार) २७ दिन पुगेको छ ।अहिलेसम्म मन्त्रिमण्डललाई पूर्णता दिनेबारे शाहीले नै ‘एक्सन’ लिन नसकेको सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आरोप लगाएको छ । काँग्रेसले भने माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्र