कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार नै उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शाहीको विगत केही विवादित र केही संघर्षपूर्ण छ । २०२१ साल फागुन २० गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ अन्तर्गत खर्पेल गाउँमा बाबु मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट जन्मिएका शाहीले केन्द्र सरकारमा पर्यटन मन्त्रीका रुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन् ।एमए (रा