भारतको सर्वोच्च अदालतले पतिको घरमा पत्नीमाथि कुटपिट जसले गरेको भए पनि त्यसको जिम्मेवार पति नै हुने सोमवार निरूपण गरेको छ ।
पत्नीलाई पिटेको आरोप लागेका एक व्यक्तिलाई अग्रिम धरौटीमा रिहा गर्न अस्वीकार गर्दै अदालतले यस्तो निरूपण गरेको हो ।
आफूमाथि कुटपिट भएको भनी महिलाले गत जुन महिनामा लुधियाना प्रहरीसमक्ष पति र सासूससुराविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । दाइजो माग्दै पति, सासू र ससुराले आफूलाई निर्घात कुटपिट गरेको उनको भनाइ छ ।
पतिका वकिल कुशाग्र महाजनले अग्रिम जमानत दिन बारम्बार आग्रह गरेपछि प्रधान...