श्रम अदालतको फैसला संग्रह विमोचन

काठमाडौं । श्रम अदालतले श्रम सम्बन्धी केही महत्वपूर्ण फैसलाहरुको संग्रह भाग १ विमोचन गरेको छ । आज शुक्रबार सर्वोच्च अदालतमा भएको एक कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । सो पुस्तकमा श्रमसम्बन्धी मुद्धामा सर्वोच्च अदालत र श्रम अदालतले गरेका करिब ५० महत्वपूर्ण फैसला समेटिएका छन् । कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको चौथो पञ्चवर्षीय […]