प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । सो प्रस्ताव प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेस गरेका थिए।यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक राजश्व र व्ययको अनुमानित बजेट माथिको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले बजेटले प्रदेशको सन्तुलित विकासमा विशेष ध्यान दिएको बताए । उनले दिगो विकास नै प्रदेश सरकारको लक्ष्य एवं उद्देश्य रहेको धारण